गुणस्तरहिन सडक भत्काईदिन पोखरियाका नगरप्रमुख रौनियारको आग्रह

पोखरिया, आषाढ ३२ – पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियारले उपभोक्ता वा ठिकदारले बनाएको कुनैपनी सडक वा नाला गुणस्तरहिन भए स्थानीयवासिहरु आफैले भत्काईदिन आग्रह गरेका छन् । सहयोगी नेपाल पर्साको आयोजना तथा पोखरीया नगरपालिकाको सहयोगमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै मेयर रौनियारले विकासको कुनैपनी काममा सम्झौता नगर्ने भन्दै जनताको शासनमा गुणस्तरहीन काम गर्ने कोहिपनी ठिकदार वा उपभोक्ता समिति नगरपालिकाको कार्वाहीबाट पन्छीन नसक्ने बताएका थिए ।
नगरपालिकाले ५ वर्षे योजनामा १० वटै वडालाई विकास निर्माणको पहुच पुर्याउने, स्तरीय सडक, नाला, धारो बनाउने आफुहरु योजना लिएर अगाडी बढिरहेकाले निर्माण भईरहेको कामहरुमा स्थानीयहरुले जवाफदेहिताको भुमिका निर्वाह गरिदिन स्थानीयहरु समक्ष उनले निवेदन गरेका थिए ।
पर्साको पोखरीया नगरपालिका वडा ८ स्थित नेरा प्रावि जगतपुर मननपुरमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीयहरुबाट उठेको प्रश्नको जवाफदिदैँ मेयर रौनियारले नगरपालिकाबाट दिदैँ आएको कुनैपनी सेवा सुविधाका लागी कोही कसैको सिफारिस वा अतिरिक्त शुल्क बुझाउनु नपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा उप मेयर सल्मा खातुनले जनताले चुनेका जनप्रतिनिधि गैरजिम्मेवार कहिल्य नहुने धारणा राखेकि थिईन् । नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, महिला तथा बालबालिकाको लागी दिर्घकालिन योजनाहरु अगाडी बढाईरहेकाले तुरुन्तै सबै ठाऊँमा सेवा नपाएको भन्दै स्थानीयहरुले निरास नहुन आग्रह गरेकी थिईन् । स्थानीय निकायमा जनप्रतिनिधि आउने वितिकै सबैक्षेत्रको नक्सांकन गरी क्षेत्रगत रुपमा नगरपालिकाले योजनाहरु अगाडी बढाईरहेकाले जनप्रतिनिधिको काम कार्वाहीमा हातेमालो गर्न आग्रह गरेकी थिईन्् ।
कार्यक्रममा पोखरीया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नथु साहले स्थानीयहरुसंग कर्मचारीहरुले अतिरिक्त शुल्क लिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । उनले यस्ता गल्त प्रवितिलाई हामीले निरुत्साहित गर्न लागि परेको बताएका थिए । यसका लागी सेवाग्राहिले ठोस सबुतका साथ त्यस्ता भ्रष्ट्रचारीहरुलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसि लामिछानेले सर्वाजनिक सुनवाई जनप्रतिनिधिहरुलाई गुनासो गर्ने उपयुक्त अवसर भएकाले यस्ता अवसरहरुमा नगरपालिकाले गरिरहेको काम कार्वाहीमा खुलेर जवाफदेहिताको भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । संघियताकै लागी देशमा थुप्रै बलिदानी भएकाले यस सुन्दर पक्षको उपयोग गर्न स्थानीयवासिमा अनुरोध गरेका थिए ।
कार्यक्रममा सहयोगी नेपाल संस्थाका अध्यक्ष तबरेज अहमदले नागरिक प्रतिवेदन तथा बहिरिगमन अभिमत प्रस्तुत गरेका थिए । पोखरीया नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री किशोरी साह तेलीको सभापतित्वमा समपन्न भएको कायृक्रममा वडा सदस्य इब्राहिम मियाँ, शिन्हासन मुखिया बिन. स्थानीय अगुवा बच्चा साहल तेलीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण रितेश त्रिपाठीले गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस