२३ वर्षीया सुष्माले जितिन् राप्रपा केन्द्रीय सदस्य

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा २३ वर्षीया सुष्मा मिश्र निर्वाचित भएकी छन् । बिहान सम्पन्न मतगणनामा बाराकी सुष्मा राप्रपाको कान्छो केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएकी हुन् ।

उनी खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उठेकी थिइन् । सुष्माले एक हजार दुई सय ८७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । उनी बारा क्षेत्र नम्बर ३ को (क) बाट राप्रपा महाधिवेशन प्रतिनिधि थिइन् । मिश्र कानुनको विद्यार्थी हुन् ।

आफू १६ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय भएर लागेको उनले बताइन् । उनले भनिन्, ‘जित्छु भन्ने आशा थियो । तर, हारका लागि पनि तयार थिएँ । चुनावी प्रक्रियामा हार-जितलाई सामान्य रुपमा लिनुपर्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस