अबदेखि हिमालयन बैंकको बैंकिङ्ग सेवा साँझमा पनि

काठमाडौं । हिमालयन बैंकले सन्ध्याकालिन काउन्टर सेवा फेरी शुरु गर्ने भएको छ । कोभिड-१९ पछि रोकिएको साे काउन्टर बैंकले २०७८ मंसिर १५ गतेदेखि फेरी सञ्चालनमा ल्याउन लागेको जानकारी दिएकाे छ ।  बैंकले दिउँसो ३ बजेर ३० मिनेटदेखि बेलुका ७ बजेसम्म सन्ध्याकालिन काउन्टर खुला गर्न लागेको हाे । बैंकले काठमाडौंको विभिन्न ६ स्थानबाट उक्त सेवा प्रवाह गर्ने वताएकाे छ ।

यी शाखाहरुमा ठमेल, न्यूरोड, पाटन, चावहिल, महाराजगञ्ज र टेकु छन् । जसमध्ये ठमेल, न्यूरोड र पाटन शाखा दिउँसो ३ बजेर ३० मिनेटदेखि बेलुका ७ बजेसम्म खुला हुने छन् भने चावहिल, महाराजगञ्ज र टेक शाखा दिउँसो ३ बजेर ३० मिनेटदेखि बेलुका ६ बजेसम्म खुला रहने बैंकले वताएकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस