पेम्बाछिरिङ तामाङ कांग्रेस रसुवा सभापतिमा सर्वसम्मत चयन

नेपाली कांग्रेस रसुवा सभापतिमा पेम्बाछिरिङ तामाङ पुन: चयन भएका छन्। उनी सर्वसम्मत जिल्ला सभापति बनेका हुन्।

अधिवेशनबाट उपसभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् ।

रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय उपसभापतिमा रिक्चेन तामाङ, राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन्।

प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय उपसभापतिमा लाक्पाकामी तामाङ, सिंगी लामा, सचिवमा निलनाथ आचार्य, खुवाबहादुर तामाङ, सहसचिवमा सुदीप गुरुङ र राजु तामाङ सर्वसम्मत भए।

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा वडा अधिवेशन सम्पन्न भए पश्चात अधिबेशन रोकिएको थियो। पुन: नयाँ निर्वाचन अधिकृत तोकिएर आएसँगै जिल्लामा अधिबेशनको प्रक्रिया अघि बढाइएको थियो। सहमतिमा मंगलबार जिल्ला, प्रदेश, र महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका हुन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस