ओमिक्रोनविरुद्ध रुसको अभियान, खोप बनाउन सुरु

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोना भाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ।

केन्द्रका अधिकारीहरुले कोरोना भाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन्।

उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाडै नै हुन सक्ने विश्वास पनि व्यक्त गरेका छन्। ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुले बताएका छन्।

अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्ने गरी खोप उत्पादन गर्न सकिने उनीहरुको भनाइ छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस