विहे गरिन् रेश्मा घिमिरेले

काठमाडौं । नायिका तथा मोडल रेश्मा घिमिरेले विवाह गरेकी छन् । हिजाे सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विहे गरेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा भएकाे हाे । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ तथा केही चलचित्रकर्मीको मात्रै उपस्थिति रहेकाे थियाे । नायिका वर्षा राउत रेश्मालाई विवाहकाे शुभकामना दिन विराटनगर पुगेकी छन् । वर्षा र रेश्मा मिल्ने साथी हुन् ।

रेश्माले अघिल्लाे वर्ष प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट गरेको करिव एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा नेपाली म्युजिक भिडियोमा सफल मोडलका रुपमा परिचित छन् । रेश्मा टिकटकबाट निक्कै चर्चामा आएकी कलाकार हुन् ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस