मेसीले सातौ पटक जिते बलोन डोअरको उपाधि

एजेन्सी । लियोनेल मेसीले सातौ पटक बलोन डोअर को उपाधि जितेका छन् । गएराती पेरिसमा आयोजित कार्यक्रममा मेसीलाई यस बर्षको बलोंन डोअर उपाधि दिइएको हो ।

मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले ऐतिहासिक रुपमा यस बर्ष कोपा अमेरिकाको उपाधि जितेको थियो । मेसी २०२०/२१ सिजनमा लालिगाको उच्च गोल कर्ता थिए भने पिएसजी आउनु अघि बार्सिलोनालाई कोपा डेल रे को उपाधि समेत जिताएका थिए ।

मेसीले गत सिजनमा बार्सिलोनाका लागि ४७ खेलमा ३८ गोल गरेका थिए भने १४ गोल असिस्ट गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि २० खेल खेल्दै १० गोल गरेका थिए । यस बर्षको बलोन डोअरको मतदानमा मेसीपछि बायर्न म्युनिखबाट खेल्ने पोल्याण्डका स्ट्राइकर रोबेर्ट लेवानडोस्की दोस्रो र रियल म्याड्रिडबाट खेल्ने फ्रान्सका स्ट्राइकर करिम बेन्जमा तेस्रो स्थानमा आएका थिए ।

त्यसैगरी बार्सिलोनाबाट खेल्ने स्पेनका मिडफिल्डर पेड्रीलाई यस बर्षको कोपा ट्रफ्री दिइएको छ भने चेल्सी यस अब्र्श्को उत्कृष्ट क्लब घोषणा गरिएको छ । बलोन डोअर अवार्डमा क्रिस्टियानो रोनाल्डो २०१० पछि पहिलो पटक उत्कृष्ट तीन भन्दा बाहिर परेका छन् । मेसीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा बलोन डोअरको उपाधि जितेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस