एमाले महाधिवेशन : मतगणना शुरु गरेको तीन घण्टामा नतिजा आउने

काठमाडौँ । एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अहिले मतदान चलिरहेको छ । चितवनमा जारी मतदानमा यो समाचार तयार पार्दासम्म १ हजार ३ सय मतदाताले मतदान गरिसकेका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाका अनुसार मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लाग्ने गरेको छ । एकपटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान बिहान ४ बजेबाट सुरु भएको थियो ।

१० बजेसम्मका लागि मतदानको समय तोकिएको छ । यद्यपि मतदान नसकिए केही समय थप गरिने संयोजक डा. सुब्बाले जानकारी दिए । ‘आज साँझसम्म अन्तिम मत परिणाम आइसक्ने छ,’ उनले भने, ‘मतगणना शुरु गरेको करिब तीन घण्टामा अन्तिम मतपरिणाम आउँछ ।’

अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा मतदान भइरहेको हो । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्ने छन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्व माओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस