सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बयलगाढामा

डम्मर बम
चारैतीर पर्खाल बीचमा एउटा ठूलो चउर, त्यही चउरमा गाउँलेहरु जम्मा हुँदैछन् । विशेष गरी वृद्धवृद्धा र फरक क्षमता भएकाहरुको उपस्थिति देखिन्छ, त्यो भिडभाडमा । चउरमा रहेको एक तले भवनको अगाडि कोही लाईनबद्ध भएर बसेका छन,् भने कोही घाम ताप्दै गोलघेरा बनाई बसेका छन् । उनीहरु झिसमिसेमा त्यहाँ पुगेका हुन । चिसो मौसममा पनि कोही पातलो कपडामा त कोही मौलिक पहिरनमा थिए ।
ती सबै सरकारले वितरण गर्ने समाजिक सुरक्षा भत्ता बुझ्न आएका हुन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ ले मंसिर ९ र १० गते सामाजिक सुरक्षा वितरण गरेको हो । जम्मा भएका मध्ये एक फरक दृश्य थियो, जहाँ दुई जना वृद्धवृद्धा भत्ता बुझ्न वयलगाढा चढेर आएका थिए । वडा कार्यालयबाट करिब डेढ किलोमिटरबाट वयलगाढा लिएर तिनीहरु आएका हुन । जहाँ दुवै खुट्टा नचल्ने अवस्थामा रहेकी ६८ वर्षिया नरदेवी बम एकल महिला भत्ता र १ सय वर्षिया ठक्कर बम जेष्ठ नागरिक भत्ता बुझ्न आएका हुन ।
छ वर्ष पहिले शिक्षण अस्पताल महाराजमा ढाडमा च्यापिएको नसाको शल्यक्रिया गरेपश्चात नरदेवीको दुवै खुट्टा नचल्ने गरी अपांग भएकी हुन । आफु अशक्त भएपछि कहिले छोरीले त कहिले अधियाँ जोत्नेले भत्ता लिन वडा कार्यालयसम्म ल्याउने गरेको नरदेवीले बताइन । उनले लिदै आएको एकल महिला भत्ता पाएको भएपनि पूणर् रुपमा अशक्त हुँदा पनि आफुले अपांगताको रातो कार्ड नपाएको दुखेसो पोखिन ।
“सरकारले एकल महिला, वृद्धवृद्धा र अपांगता भएकाहरुका लागि भत्ताको व्यवस्था त गर्यो” नरदवीले भनिन “हामी जस्ता फरक क्षमता भएका असक्तहरुका लागि घरमै पुर्याउने व्यवस्था गर्नुपर्ने । साथै उनले प्रत्येक वर्ष कार्ड नविकरण गर्न समस्या भएकोले स्थानीय सरकारले यसको पहल गरेको भए राम्रो हुने बताईन ।
त्यहाँ आएका लाभग्राहीहरुलाई सबैलाई सकेसम्म सहज रुपमा भत्ता प्रदान गर्ने गरेको वडा कार्यालयका कर्मचारी लोकेन्द्र चौधरी बताए । वडा सचिब सुसिल अ‍ोझाले यस वडामा ५ सय ५० जना लाभग्राही रहेका मध्ये ४ सय ४० ले भत्ता लिएको बताए । उनका अनुसार यस आ.व.मा नयाँ ८० जना लाभग्राही थपिएको र उनीहरुले पहिलो पटक बैंकमै उपस्थित भएर भत्ता लिनुुपर्ने हुन्छ । बाँकी भत्ता नलिएकाहरुको खातामै रकम जम्मा हुने गरेको छ । साविकको कञ्चन डेभलपमेन्ट बैंक हालको एनएमबी बैंकले सो वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । वडा अन्तर्गत रहेका लाभग्राहीहरुको तथ्यांक लिने तथा उनिहरुलाई राज्यले प्रदान गर्ने सेवा प्रदान गर्न सर्वसुलभ तरिका अपनाउदै आएको वडा अध्यक्ष हरिराम चौधरीले बताए । कोही नछुटुन भनेर आफैले यसको वारेमा जानकारी दिदै आएको वडा अध्यक्ष चौधरी बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस