काेराेना अपडेटः ३०८ जना सङ्क्रमित थपिए, २९८ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ९०९ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २० हजार २८५ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ४२४ जना रहेको छ।

आज २९८ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख १ हजार ४२० पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

३ जनाको मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१६ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ।

त्यसैगरी पछिल्लो समय १ लाख ७७ हजार ८८४ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३४९ रहेको छ।

काठमाडौं उपत्यकामा १३० जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १३० जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ७८, भक्तपुरमा १६ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस