आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटः नेपालद्वारा कुवेत ९ विकेटले पराजित

कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा दोस्रो जित निकालेको छ। बिहीबार दुबईमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो।

जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ। नेपाल ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

जितका लागि कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे। नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन्। कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन्।

यसअघि टस जितेर ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटिएको थियो। कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट हात पारे । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस