एमालेको दशौं महाधिवेशनमा नेपालका सबै समुदाय चितवन आउनेछन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै समुदाय एमालेको दशौं महाधिवेशनमा चितवन आउने भएका छन्।

च्यासलमा स्थायी कमिटी बैठक छाडेर अल्फाविटामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालका सवारीले भ्याउनेजति सबै समुदाय आउने बताए।

‘सार्वजनिक सबै सवारी साधन सबै चितवनमा पुग्नेछन्। जनसहभागिता कमी हुने छैन। वाहनहरू कमी हुनाले सबै आउन नसक्ने भए,’ उनले भने।

अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलको उम्मेद्वारीलाई स्वभाविक रुपमा लिने बताएका छन्।

ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताए। ‘म उठने/ नउठने कुनै टुंगो गरेको छैन। मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,’ उनले भने।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रविलाई ज्ञानेन्द्रको सन्देश- विदेशी राजाका खुट्टा ढोग्नुभन्दा आफ्नै देशको फर्काउने अभियानमा लाग्नुहोस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा …

प्रतिकृया दिनुहॊस