सोलुखुम्बुमा छोराछोरीमाथि एसिड प्रहार, एकको अवस्था गम्भिर

काठमाडाैँ । आफ्नै बाबुले एसिड प्रहार गर्दा सोलुखुम्बुमा दुई जना सख्त घाइते भएका छन् । सोमबार बेलुकी सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराईलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरीलाई घाइते भएका हुन् ।

मदिरा सेवन गरेर घर आएका बाबुले एसिड हान्दा छोरी सामान्य घाइते भए पनि छोराको अवस्था भने गम्भीर रहेको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

मोहनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए । जिल्लामा एसिड प्रहारको यो पहिलो घटना हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ः१४ बजे ६.४ म्याग्निच्युडको …

प्रतिकृया दिनुहॊस