भुटानसँग भिड्दै नेपाली महिला टोली

काठमाडौं । पहिलो खेलमा हङकङसँग पराजित भएपछि ग्लोबल क्वालिफायर यात्रा कठिन बनेको नेपाली महिला क्रिकेट टोलीले आज आईसीसी ट्वान्टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा भुटानविरुद्ध खेल्दैछ ।

६ टोली सहभागी भएको एसियन क्वालिफायरबाट विजेता एक टोलीमात्र ग्लोबल छनोटमा पुग्ने भएकाले नेपालको यात्रा कठिन बनेको हो । नेपालले अब सबै जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजा पनि आफ्नो पक्षमा आउनु पर्छ । नेपालले हङकङविरुद्ध जुन मैदानमा खेलेको थियो । भुटानविरुद्ध पनि त्यही मैदानमा खेल्नेछ । नेपालले दुबईस्थित आईसीसी एकेडेमीको ग्राउण्ड दुईमा खेल्नेछ ।

हङकङविरुद्ध टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले तीन विकेट गुमाएर १०४ रन बनाएको थियो । १०५ रनको लक्ष्य हङकङले चार विकेट गुमाएर दुई ओभर अगावै पूरा गरिदिएको थियो । भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो । भुटानले कुवेतविरुद्ध ६ विकेट गुमाएर ११४ रन बनाएको थियो । कुवेतले तीन बल बाँकी हुँदा सबै विकेट गुमाएर ७४ रन बनाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मैदान प्रवेश प्रयासमा भएको दुर्घटनामा ६ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी कप अफ नेशन्समा क्यामरुनमा मैदान प्रवेशका क्रममा भएको ठेलमठेल र अनियन्त्रित भिडका …

प्रतिकृया दिनुहॊस