‘हैजा खोप’को पहिलो प्राथमिकतामा बालबालिका

काठमाडाैँ । हैजा प्रभावित कपिलवस्तुका पाँच स्थानीय तहका लागि आएको ‘ओरल कोलेरा भ्याक्सिन’ बालबालिकालाई खुवाएर सुरु गरिने भएको छ । मंसिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट सुरु हुने खोप अभियान पहिलो दिन सबै बालबालिकालाई खुवाएर सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ ।

अन्य चार पालिकामा मंसिर ७ गतेदेखि खोप खुवाइने भएको छ । चेतनाको अभाव भएको क्षेत्र हुँदा बालबालिकालाई खुवाएर समुदायमा उत्प्रेरणा जगाउने उद्देश्य रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लामा दुई लाख तीन सय ६३ भाइल पहिलो मात्रा खोप लगाउन प्रत्यक्ष रूपमा ५१६ जना खटाउने तयारी छ ।

तीमध्ये १६८ जना खोप खुवाउने कर्मचारी र ३४८ स्वयंसेवक रहेको बताइएको छ । झाडापखाला वा आउँ रोग लागेका र सिकिस्त बिरामी परेको अवस्थाबाहेक एक वर्षदेखि माथिका सबैलाई खोप खुवाइने छ । एउटा पालिकामा ६ दिनसम्म खोप खुवाइने अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस