वाग्मती प्रदेशः मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री राजेन्द्र पाण्डेले वाग्मती प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन्। प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेका थिए।

वाग्मती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ। सोमबार भएको मत विभाजनमा प्रदेश सभामा कायम सदस्य संख्याको बहुमत पुगेकाले विश्वासको मत प्राप्त भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे।

मुख्यमन्त्री पाण्डेलाई नेकपा (माओवादी केन्द्र)का २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी)को १३ जना र जनता समाजवादी पार्टीका एक सांसदले मत दिएका थिए।

विश्वासको मत दिने प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेकपा (एमाले) र विवेकशील साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए भने नेपाल मजदूर किसान पार्टीका सांसद तटस्थ बसेका थिए।

प्रदेश सभाको आजको बैठकमा १०४ जना सांसद उपस्थित थिए। प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए। राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रहेका हुन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस