आइएमई जनरल इन्स्योरेन्स र पिक मीबीच सम्झौता

काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकको रु. १ लाखसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्सबाट हुनेछ।

सम्झौतापत्रमा हस्ताक्षरपश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्सबाट पिक मीका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीका तर्फबाट चालक तथा पिक मी ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजिस्टिक सपोर्ट, मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको र सो एप प्लेस्टार तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पिक मीका चालक र ग्राहकलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा पिक मीका अध्यक्षलगायत पिक मी टिमलाई धन्यवाद दिए।

उनले पिक मी प्रयोग गर्ने चालक र सबै ग्राहकलाई दुर्घटना बीमा गर्न पाएकोमा खुसी व्यक्त गरे।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस