तिहारमा माइत जाँदै गरेकी महिला खोलामा खसेर बेपत्ता, तीन वर्षीया छोरीको उद्धार

काठमाडाैँ । तिहारमा माइत हिंडेकी जाजरकोटको बारकोटे गाउँपालिक-७ की ईश्वरी शाही खोलामा खसेर बेपत्ता भएकी छन् । बिहीबार माइत जाने क्रममा उनी छोरीसहित स्थानीय जगदुल्ला खोलामा खसेकी हुन् ।

डोल्पाको मुड्केचुला गाउँपालपालिका–२ त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा खसेर उनी बेपत्ता भएकी प्रहरीले जनाएको छ । भिरको अप्ठ्यारो बाटो पार गर्ने क्रममा उनी खोलामा खसेकी स्थानीयले जानकारी दिएका छन् । आमासँगै खोलामा खसेकी छोरीको भने स्थानीयले उद्धार गरेका छन् ।

बालिकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । बालिकाको मुख, टाउको र शरीरमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ । बेपत्ता महिलाको खोजीमा जाजरकोट र डोल्पाका प्रहरी परिचालन गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस