बिवाह गर्ने सोच छैन अहिलेनै

जान्वी बोहोरा, नायीका 

तपाईले ०६२ देखी रंगमञ्चबाट कलाकारिताको क्षेत्रमा प्रवेश गर्नुभएको रैछ, लामो समय भएछ हैन ?
मैले रंगमञ्चबाट कलाकारिताको सुरुवात गरेकी हुँ । स्कूल पढ्दादेखिनै मलाई कलाकारीता क्षेत्रमा रुची थियो । लामो समय भयो नी ।

रंगमञ्चमा त तपाँई जानुकाको नामले चिनिनुहुँदो रैछ नी ?
रंगमञ्चमा भन्दा पनि मलाई ड्याडी ममीले मायाँ गरेर जानुका भनेर बोलाउनुहुन्छ ।

फिल्मी यात्रामा तपाईको पहिलो चलचित्र कुन हो ?
‘सपना तिम्रो मेरो’ पहिलो चलचित्र हो ।

तपाई रंगमञ्चमा त सफल नै हुनुहुँदो रैछ, चलचित्र क्षेत्रमा सफल हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
म चलचित्र क्षेत्रमा प्रवेश गरेर बढी नै आशावादी छु । किनभने कतिजना कलाकार धेरै सिनेमा खेलेर पनि गुमनाम हुनुहुन्छ भने म पहिलो चलचित्रबाटै यति धेरै चर्चा पाउन सफल भएँ । खासमा भन्दा म निकै नै आशावादी छु, दर्शकहरुले मन पराईदिनुहुन्छ भनेर ।

हालसम्म कतिवटा नाटकमा अभिनय गर्नुभयो ?
अभिनय गरेका नाटक ३ सय भन्दा बढी छन् ।

नाटक पनि थुप्रै गरिसक्नुभएको रैछ, चलचित्रमा पनि प्रवेश गर्नुभयो, भर्सटाइल हुनुहुँदो रैछ हैन ?
यससँगै बिज्ञापन, सिरियल लगायत म्युजिक भिडियोमा पनि अभिनय गरेको छु । भर्सटाईलनै भन्नुपर्ला ।

लामो समय रंगमञ्च, बिज्ञापन, सिरियलमानै रमाएको मान्छे, चलचित्रमा चाहिं के देखेर आउन्ुभयो ?
खासै ढीला त होईन । पहिले म अन्यत्रै रमाएँ । तर चलचित्रमा पनि अभिनय गर्न मन भएर हो । चलचित्र क्षेत्रमा आएर चर्चाको लागि जे पनि गर्ने खालको स्वभाव मेरो छैन । यो क्षेत्रमा आउनका लागि आफू तयार भएरै आएको हुँ । रंगमञ्चमा दर्शकको मायाँ धेरै पाएकी थिएँ । त्यसलाई पर्दामा पनि पाउने चाहाना राखेकी हुँ ।

तपाई आफूलाई कत्तिको राम्री मान्नुहुन्छ ?
ठीकै छु जस्तो लाग्छ ।

आजभोली ‘लव पर्ने’ ‘ब्रेकअप हुने’ सामान्य भईसकेका छन्, तपाई यसलाई कसरी लिनुहुन्छ ?
आजभोली आधुनिकीकरणले मान्छेलाई व्यस्त बनाईदिएको छ । अरुको लागि समय दिन नसक्दा सम्बन्धमा समस्या आउँछ जस्तो लाग्छ फेरी प्रविधिकै कारण ‘लव पर्ने’ र ‘ब्रेक अप’ हुन्छ होला । प्रबिधिका राम्रा नराम्रा दुबै पक्ष छन् ।

विबाह कहिले गर्ने ?
अहिले नै विबाह गर्ने सोच बनाएको छैन ।

ब्यायफ्रेण्ड त होला नी ?
पहिले थियो तर अहिले उसको विवाह भैसकेको छ ।

कलाकारिता क्षेत्र आफैमा जोखिम छ, आर्थिकरुपमा हामीकहाँ कलाकारको अवस्था पनि खासै राम्रो देखिदैन, तपाई कसरी व्यबस्थापन गर्नुहुन्छ ?
सुरुवाती अवस्थामा सबैलाई गाह्रो नै थियो । मेहेनत पनि धेरै नै गर्नुपर्छ तर काम गर्दै गएपछि विस्तारै यसको व्यबस्थापन हुँदै जान्छ ।janwi 3

अब कस्ता प्रकारका कथा बोकेका चलचित्रमा अभिनय गर्न मन छ ?
म नाटकबाटै कलाकारिता क्षेत्रमा प्रवेश गरेको हुँ । जनचेतनामूलक कथा बोकेका चलचित्रमा अभिनय गर्न मन छ ।

फूर्सदमा के गर्न मन पराउनुहुन्छ ?
समय भयो भने म चिटिक्क पर्न मन पराउँछु । त्यस्तै किताब पढ्न, गीत सुन्न मन पर्छ ।

प्रस्तुति, रश्मी महत

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस