बुटवलको सलाई उद्योगमा आगलागी, लाखौंको क्षति

बुटवल । रुपन्देहीको बुटवलमा गएराति एक सलाई उद्योगमा आगलागी भएको छ।

बुटवल उपमहानगरपालिका–१५ सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ।

मंगलबार राति ९ बजेबाट सुरु भएको आगो १ बजेमात्रै नियन्त्रणमा आएको थियो।

आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले बताएका छन् ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको छ । उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस