भीम विश्वकर्माको हत्याविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरुद्धमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको संयुक्त आयोजनामा भीमबहादुर विश्वकर्माको न्यायको लागि माइतीघरमा बिहीवार खबरदारी र्याली गरिएको हो। र्यालीमा जसपा अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका जसपाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

चितवनमा असोज २८ गते मन्दिरमा पुजा गर्न जाँदा ५८ वर्षीय विश्वकर्मालाई स्थानीयले कुटपीट गर्दा मृत्यु भएको थियो। र्यालीलाई सम्बोधन गर्दै जसपाकी नेता कमला हेमचुरीले भीमबहादुर विश्वकर्माको हत्या हिन्दु आतंकवादीहरुले गरेको बताइन्। उनले नेपालमा कुनैपनि प्रकारको आतंकवाद सह्य नहुने भन्दै यसप्रकारका आतंककारीहरुलाई राज्यले संरक्षण गरेको आरोप लगाइन्। विश्वकर्माका हत्यारालाई कारबाहीमुक्त गर्न लागिएका कारण खबरदारी आवश्यक रहेको उनले बताइन्।

खबरदारी सभामा बोल्दै जसपाका नेता तथा अभियन्ताहरुले संविधानमा लेखिएको अधिकारका कुरा सुनिश्चित हुनुपर्ने र दलित समुदायले न्याय पाउनुपर्ने बताए। भीमबहादुर विश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्न माग पनि गरिएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस