सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम

सन नेपाल लाइफले कैलाली, जिल्लाको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पूनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको छ ।

साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तर्गत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पूनर्वास, हसूलिया, मसुरिया, भजनी, सुखड, लम्की, टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसमेत गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कायक्रमहरुको संयोजन सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गरेका थिए।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

हिमालयन बैंकमा रहेको हबिबको साढे ३ अर्बको सेयर किन्दै हिमालयन रि इन्स्योरेन्स

काठमाडौँ । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेच्ने भएको छ। हबिबले हिमालयनमा …

प्रतिकृया दिनुहॊस