वैशाख यता देशभर विपद्जन्य घटनामा ३५३ जनाको मृत्यु

वर्षको वैशाख यता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन्।

सबैभन्दा बढी पहिराेमा परेर १६१ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ। भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महमारीबाट सात जनाले ज्यान गुमाएका छन्। बेपत्ता भएका ८० मध्ये पहिरामा ४२ र बाढीमा ३७ जना परेका छन्।

प्राधिकरणका अनुसार उक्त अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन्। कूल एक हजार २८४ जना घाइते भएको विवरण छ। कूल तीन हजार ४४३ घर परिवार प्रभावित भएका छन् भने रु एक अर्ब बढीको क्षति भएको छ। पछिल्लो वर्षाका कारण मात्रै १११ जनाले ज्यान गुमाएका छन् भने ३५ बेपत्ता रहेका छन्। मनसुनको अवधिमा १३६ जनाले ज्यान गुमाएका थिए। यसपाली बेमौसमको वर्षाले झन ठूलो क्षति गराएको छ।

मनसुनको समयमा समेत १५ प्रतिशत बढी पानी परेको थियो। अहिलेको वर्षाले भने लगाएको धानखेतीमा ठूलो क्षति गराएको छ। सबै क्षतिको विवरण सङ्कलनको क्रममै रहेको गृह मन्त्रालयले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस