खराब माैसमका कारण भारतमा १२ पदयात्रीकाे मृत्यु

हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ।

हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले दिएको जानकारी अनुसार बिहीबार हराएका पर्यटकहरूका बारेमा प्राप्त जानकारी अनुसार हिमाञ्चल प्रदेशबाट दुई शव, उत्तराखण्ड बाट पाँच शव र दुई घाइतेलाई बाहिर निकालिएको छ भने अन्य दुई जना अझै बेपत्ता छन्।

यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले त्यहाँको माथिल्लो भागमा बेपत्ता पारिएका अर्को समूहबाट पाँच जनाको शव निकालिएको जानकारी दिएका छन्। मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस