प्रदेश १ ले आइतबार नयाँ मुख्यमन्त्री पाउने सम्भावना

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसदमा प्रस्ताव पेस गरेका छन्। प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन्।

संसदमा विश्वसको मत माग्न प्रस्ताव पेस गर्न रोस्ट्रममा पुगेका मुख्यमन्त्री आचार्यले केही दिनअघि गएको बाढीपहिरोबाट भएको धनजनको क्षति र प्रदेश सरकारले गरेका प्रयासका बारेमा जानकारी गराएका थिए।

सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए।

प्रदेशसभामा विश्वसको मत आइतबार मात्र टुंगो लाग्ने भएको छ। आइतबार बस्ने बैठकमा मतदानमार्फत टुगो लगाउने कार्य परामर्श समितिको बैठकले निष्कर्ष निकालेको थियो।

विपक्षी गठबन्धनहरूले शुक्रबार नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने अडान राखेपछि सभामुख प्रदीपकुमार भन्डारीले कार्यपरामर्श समितिको बैठक बोलाएका थिए।

९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ। जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। राप्रपाका एक सांसद भने कतै खुलेका छैनन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

साइबर ब्युरो भन्छ- गणेशमानको मुद्दा गृहमन्त्रीसँग असम्बन्धित, अश्लील पोस्टबारे अनुसन्धान हुँदैछ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको …

प्रतिकृया दिनुहॊस