सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्यो

काठमाडौं  । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आज कात्तिक ४ गतेबाट आवेदन खुला गरिएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो।

कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।

त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन । सर्वसाधारण लगानीकर्ताले कार्तिक ४ देखि शेयरमा ८ गते सोमबारसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम् २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

सर्वसाधारणले मेरो शेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस