जुम्ली स्याउको मूल्य १५१ रुपैयाँ

जुम्ला । एक दशक अघिसम्म जुम्लाको मूल्य स्याउ प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो । ढुवानीको एक मात्र माध्यम हवाइमार्ग थियो । स्याउको खरिद मूल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो । जसका कारण स्याउ खरिद गर्ने व्यापारी कमै हुन्थे । अधिकांश स्याउ गाइबस्तुको आहरा बन्थ्यो । माटोको खाल्डोमा स्याउ भण्डारण हुन्थ्यो । स्याउ कुहिन्थ्यो । बगैँचामा फलेको स्याउ बेच्ने अवस्था नहुँदा स्याउ खेती प्रति किसानको विकर्षण थियो ।

तर कर्णाली राजमार्गको सञ्चालन सँगै सडक मार्ग हुँदै जुम्लाको स्याउ बाहिर जिल्ला निर्यात हुन थाल्यो । यहाँको स्याउको मूल्य बढ्दै जान थाल्यो । किसानहरू स्याउ खेती प्रति आकर्षित हुन थाले । गत बर्ष बगैँचामै स्याउको मूल्य प्रतिकेजी ५० रुपैयाँ थियो । यो बर्ष जुम्ली स्याउको मूल्य १५१ रुपैयाँ प्रतिकेजी छ । यो मूल्य जुम्ली स्याउको अहिलेसम्मको सर्वाधिक हो ।

जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मूल्य १५१ रुपैयाँमै बेचिरहेका छन् । उनले भने, ‘जुम्ली स्याउको स्वाद, कलर, गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मूल्य बढि हुनु कुनै अनौठो होइन । यो मूल्य पनि निकै कम हो ।’

उनले दुई सय कार्टुन स्याउ बजारमा ल्याएका थिए । ५० कार्टुन स्याउ बेचिसकेका छन् । उनले भने, ‘बाहिरबाट आयतित फुजी स्याउको मूल्य एक सय ५० रुपैयाँ हुनु पर्ने तर जुम्ली स्याउको मूल्य कम हुनुपर्ने कारण के छ ?’ उनले फुजी स्याउको भन्दा जुम्ली स्याउको मूल्य बढी हुनु पर्नेमा जोड दिए ।

फुजी स्याउ १५० रुपैयाँमा बेचिरहेको देखे । यसको तुलनामा जुम्ली स्याउका मूल्य निकै कम भयो । सबैमा फुजी स्याउ भन्दा जुम्ली स्याउ निकै कम गुणस्तरको भन्ने भ्रम सिर्जना भयो, उनले भने, ‘ फुजी स्याउ हाइब्रेड हो । यो स्याउमा रासायनिक मलको प्रयोग भइरहेको छ । जुम्ली स्याउका शुद्ध अर्गानिक मलको प्रयोग भइरहेको छ ।’

जुम्ली स्याउ अर्गानिक ब्राण्ड हो । यो रुखमै टिपेर खान मिल्छ । फुजी स्याउको स्प्रे गरेको पातमा लेयर छ । रेड लेवलको विषादी मिसाइएको छ । अर्गानिक मलको नाममा युरिया मलको प्रयोग भइरहेको छ । उनले थपे, ‘फुजी स्याउका करोडौको लगानी छ । यो आर्थिक रुपमा बलियो मान्छेले मात्र खेती गर्न सक्छन् । फुजी स्याउ प्रतिविरुवा १३ सय रुपैयाँ पर्छ । जुम्ली स्याउको प्रतिबोट २५ रुपैयाँ मात्र ।

जुम्ली स्याउलाई हेयका दृष्टिले हेरिन्छ । फुजीको लगानीमा तीन बगैँचा छ । सबै स्याउ जुम्ली नै हो । खर्बको लगानी छ । जुम्लाका झण्डै १५ हजार ५ सय घरमा स्याउ बगैँचा छ । न्युनतम ५० देखि १५ सय रुपैयाँसम्म विरुवा छ ।
राहसिंह रावलको एक हजार जुम्ली स्याउका विरुवा छन् । यो स्याउ जुम्लाको पहिचान पनि हो । उनले भने, ‘जुम्ली स्याउको गुणस्तरमा कुनै कमि नहोस भन्नका लागि जुम्ली स्याउको मूल्य नै १ सय ५१ रुपैयाँ तोकिएको उनले बताए ।

उनले पहिलो बर्ष काठमाण्डौमा १० टन स्याउ लिएका थिए। दोस्रो बर्ष उनले बगैँचामै स्याउ बेचे प्रतिकेजी ५० रुपैयाँमा । अहिले निकै कम फलेकोले यो बर्ष स्याउ सदरमुकाम खलंगामा ल्याएर बेच्दैछन् । एक सय ५१ रुपैयाँमा स्याउको तोकिदा समेत माग बढिरहेको छ । इतिहासमै पहिलो पटक जुम्ली स्याउको मूल्य १ सय ५१ रुपैयाँ भएपछि किसान निकै उत्साहित छन् । यो बर्ष कृषि विकास कार्यालय जुम्लाका अनुसार ९ हजार मेट्रिक टन स्याउ फलाउने लक्ष्य राखिएको थियो । तर पाँच हजार मेट्रिकटन स्याउ मात्र फल्ने अनुमान गरिएको छ । यो बर्ष स्याउ कम फलेपनि निकै गुणस्तरीय दाना बेच्न पाएकोमा किसान उत्साहित छन् ।

जुम्ली स्याउ अंकित २१ हजार कार्टुन बाँडिएको छ । यहाँका किसानले त्यही कार्टुनमा स्याउ बजारसम्म पु¥याएका छन् । यो कार्टुनमा केमीकल प्रयोग नगरेको शुद्ध अर्गानिक स्याउ मात्र राखन्छि । जो स्याउ खान योग्य हुन्छ ।

गत पुष माघ महिनामा हिउँ नपुर्न,चैत बैशाखमा तुवालोले चिचिला झार्नु र स्याउ बर्षै पिच्छे पालो गरेर फल्ने भएकोले यो बर्ष स्याउ उत्पादनमा कमि आएको कृषि विज्ञहरु बताउँछन्। केही क्षेत्रमा असिनापानीले कोपिलामै स्याउ झारेको थियो । तर त्यसको क्षति एकिन गरेर किसानले विमाङ्क रकम पाउने छन् ।

अहिले बगैँचामा सामान्य रुपमा लाइकिराको प्रकोप देखिएपनि खासै रोकिराको संक्रमण थिएन । यहाँका १६ हजार स्याउँ बगैचा छन् । ३ हजार ८ सय ५० हेक्टरमा स्याउ खेति गर्छन् । एक बगैँचा हुनका लागि न्युनतम २५ विरुवा स्याउको लगाएको हुनुपर्छ । -नागरिक दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस