बक्सर ‘हिमचितुवा’ले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप-२०२१’ को उपाधि

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन्। विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन्।

जापानको नायोगा सहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आज सम्पन्न ४९औँ संस्करणको सो प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए। उनीहरू दुवै ‘के वान के बक्सिङ प्रतिष्पर्धा’मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्।

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवम् प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजोसहित नेपाली खेलप्रेमीलाई सबैलाई धन्यवाद दिएका छन्।

जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो। अविरलले सोही डोजोमार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन्। प्रशिक्षक देवकाअनुसार नेपाली खेलाडी ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ प्रतियोगितमा छनौट हुनु आफैँमा प्रतिष्ठाको विषय हो।

अविरलले गत चैतमा जापानको टोकियोमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेको उनले बताए। उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउन्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस