काभ्रेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते

काभ्रेको भुम्लु गाउँपालिका ८ मा माइक्रो बस दुर्घटना भएकाे छ। दुर्घटनामा अठार यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार कातिके देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ बजे भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो।

उक्त माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीकाे अनुमान छ। माइक्रो बस सडकबाट करिब एक सय पचास मिटर तल पुगेको छ।

दुर्घटनाका घाइतेको उद्दार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाइएको पनि प्रहरीले जानकारी दिएकाे छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस