बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको गयो ज्यान

काठमाडौँ । मकवानपुरको रातोमाटेमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौंडा–१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दुवै युवकको उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै जना युवकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष …

प्रतिकृया दिनुहॊस