चाडपर्वमा सुन्दर र आकर्षक देखिन छालाको हेरचाह कसरी गर्ने ?

काठमाडौँ । चाडपर्वमा सुन्दर र आकर्षक देखिन सबैको इच्छा हुन्छ र त्यसको लागी विशेष गरेर महिलाहरुले मेकअपको प्रयोग गर्छन् । मौसम परिवर्तन संगै जाडो दिनदिनै बढ्दो छ । जाडो मौसममा छाला सुख्खा हुन्छ । अझ काठमाडौं वा शहरी क्षेत्रमा धुलो-धूँवाले छालालाई झन् हानी गर्छ । वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले चाडपर्वमा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ ।

दशैँको फोटोमा राम्रो देखिन मेकअपले मात्र पुग्दैन । छाला स्वस्थ र राम्रो अवस्थामा छ भने मात्र मेकअप खुल्छ । अनूहार तथा हात खुट्टाको छाला मुलायम, चम्किलो, रसिलो र स्वस्थ्य बनाउनको लागि छालाको हेरचाहमा ध्यान दिनु पर्छ । जाडोमा खासगरी छाला रुखो हुने, फुट्ने, सुख्खा हुने समस्या हुन्छ । त्यस्तै छाला चिलाउने, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चाया-पोतो आउने तथा बढ्ने र रुखो हुने समस्या हुन्छ ।

जाडो मौसमको कारण हावामा पानीको मात्रा कम हुन्छ । त्यस्तै, दशैंमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले छाला सुख्खा हुने गर्छ ।

छाला कसरी चम्किलो बनाउने
चाडपर्वमा मासु, कोक तथा नशालु पिय पदार्थ बढि सेवन गरिने हुदा आवश्यक पानीको मात्रा पुग्दैन । त्यसले गर्दा छाला रुखो, सुख्खा देखिन्छ । यसबाहेक छालाको पत्र उप्किने, चिलाउने, सुन्निने, दागहरु आउने समस्या हुन्छ । यसबाट बच्नका लागि केहि घरेलु उपचार विधी अपनाउन सकिन्छ ।

पर्याप्त मात्रामा पानी तथा झोल पदार्थ र फलफूलको जुस सेवन गर्ने । हातले हल्का मसाज गर्नु पर्छ । यसले अनुहारमा रक्तसंचार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ । साबुनले अनुहार धुन हुदैन र नन ड्राई क्लिन्जर फेसवास प्रयोग गर्नु पर्छ । मोश्चराइजिङ क्रिम पनि प्रयोग गर्नुपर्छ । बाहिर हिँड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । धुलो र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ आदिको प्रयोग गर्नु पर्छ ।

छालालाई स्वस्थ्य राख्ने भन्दा हामी छालाको वाहिरी स्यहारमा मात्र ध्यान दिन्छौ । यद्यपी यसमा आन्तरिक रुपले नै हामी सेचत हुनुपर्छ । त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ । स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ ।

कपालको हेरचाह
कपालको हेरचाहका लागि सलफेट नभएको स्याम्पूको प्रयोग गर्नु पर्छ । यसले कपाल सुख्खा हुन दिदैन । त्यस्तै, जाडोमा यसै पनि हावा सुख्खा हुने भएकोले कपालमा आइरन तथा ड्रायरको प्रयोग नगर्न चिकित्सकहरु सुझाव दिने गर्छन् । तर दशैंमा कपाल कर्ल तथा स्ट्रेट गरिने हुदा कन्डिसनर वा मोइस्चराइजर भएको हेयर प्याक लगाउन सकिन्छ ।

अनुहारको हेरचाह
अनुहारको हेरचाह सबै भन्दा महत्वपूर्ण हो किनभने विशषगरी चाडपर्वमा बढी समय घाममा यात्रा गर्नु पर्ने हुदाँ अनुहार कालो हुने , अनुहारमा चाया आउने तथा पोतो आउने डर हुन्छ । त्यो नहोस् भन्नका लागि बाहिर हिड्नु १५ मिनेट अगाडी सनकि्रमको प्रयोग गर्नुपर्छ । सकेसम्म एसपिएफ बढी भएको क्रिमको प्रयोग गर्नु उचित हुन्छ ।

खुट्टाको हेरचाह
जाडो बढेको कारण हावा सुख्खा हुदाँ अधिकांश मानिसमा खुट्टा फुट्ने समस्या धेरै हुने गर्छ । यसको रोकथामको लागि पनि मोइस्चराईजर कि्रमको साथमा राती मोजा लगाएर सुत्नु राम्रो हुन्छ । यसले छाला नरम बनाउनुका साथै छालालाई फुट्न दिदैन ।

हुन त छालाको स्याहार भन्ना साथ हाम्रो दिमागमा ग्लिसिरिन तथा मोइस्चराईजरको प्रयोग नै भन्ने बुझिन्छ । जबकी आवश्यक मात्रामा फयाटी एसिड, माछाको तेल, रोज तेल, एभोकार्डो , आलस इत्यादीको सेवन बढाएर पनि छालाको सुख्खापनालाई जरादेखि हटाउन सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस