नेपालमा थप ३ सय ६५ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ३ सय ६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा थप ६०९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भइसकेका छन्।

आज थप ४ जनाले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा ११ हजार २६१ जनाको मृत्यु भइसकेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस