बागलुङकाे कालिका मन्दिरमा भक्तजनको घुइँचो

दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा भक्तजननको घुइँचो लागेको छ। बागलुङको कालिका मन्दिर परिसरको पार्किङस्थलमा सवारी राख्ने ठाउँ छैन भने पूजा सामग्री खरिद गर्ने पसलमा भीडभाड छ।

कोरोनाका कारण चैतेदसैँपछि बल्ल खुलेको कालिका मन्दिरमा काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायतका स्थानबाट कालिका मन्दिर दर्शका लागि आएका हुन्। कालिका मन्दिरमा दसैंको सप्तमीअर्थात् फूलपातीको दिनदेखि दर्शनार्थीको भीड लाग्न थालेको छ।

लामो समयपछि खुलेको कालिका मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए। कोरोना कहरको समयमा लामो समय बन्द हुँदा कालिका मन्दिरमा बलिसमेत चढ्न पाएको थिएन। अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको समेत चाप बढेको खड्काले बताए। मन्दिर क्षेत्रमा भीडभाड भएसँगै जिल्ला प्रहरी कार्यालयले सुरक्षा सतर्कतासमेत बढाएको छ। प्रत्येक वर्षको दसैँमा कालिका दर्शन गर्न आउने गरेको पोखरा निवासी निर्मल अधिकारीले बताए।

बडादसैँ र चैतेदसैँमा कालिका मन्दिरमा बढी मात्रामा दर्शनार्थीको भीड लाग्ने गरेको छ। मन्दिरमा चैत्राष्टमी र दसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ। दसैँको समयमा एक पटक कालिका मन्दिर दर्शन गर्नुपर्ने बागलुङवासीको मान्यता छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह …

प्रतिकृया दिनुहॊस