सिमकोटमा महिना दिनदेखि विद्युत् अवरुद्ध, सोलार ब्याट्रीको खपत बढ्यो

सिमकोट।

हुम्लाको जिल्ला सदरमकाम सिमकोटमा यतिखेर विद्युत् आपूर्ति नभएपछि सोलार ब्याट्रीको खपत बढी भएको छ। जिल्लामा करिब एक महिनादेखि हेल्दुङ विद्युत् वितरण केन्द्रबाट प्रसारित विद्युत्ले बेलाबेलामा धोका दिएपछि हाल सदरमुकाम सिमकोटमा सोलार तथा ब्याट्रीको बिक्री बढेको व्यवसायीले बताउने गरेका छन्।

सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका अधिकांश नागरिक लामो समयदेखि उज्यालोबाट वञ्चित हुनु परेपछि यतिखेर दैनिक दिन सोलार तथा ब्याट्रीको जोहो गर्न थालेका छन्। विद्युत् आपूर्ति बन्द भएपछि सिमकोट–१ देखि ७ सम्मका स्थानीयवासी सोलार टुकीको खोजीमा सदरमुकाम पुग्ने गरेका छन्।

विद्युत् बन्द भएको एक हप्ता यतादेखि बजारका विभिन्न सोलार पसलमा सोलार किनबेच गर्ने सेवाग्राहीको घुइँचो लाग्न थालेको छ। दैनिक एउटा पसलमा मात्रै कम्तीमा पनि १५ देखि ३० वटासम्म सोलार बिक्री हुने गरेको एयरपोर्ट चोकमा रहेको कुम्मेर सोलार तथा ब्याट्री पसलका प्रोप्राइटर टेकबहादुर रावतले बताए।

विद्युत् अवरुद्ध भएपछि बल्ब, सोलार, ब्याट्री र कन्भर्टरलगायतका सामग्री बिक्री बढेको रावतले बताए। जिल्लामा बन्द भएको विद्युत् मर्मत कार्य भइरहेको भए पनि कहिले सञ्चालन हुने हो त्यसको भने यकिन हुन नसकेको बताइएको छ। विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामका सबै इलेक्ट्रोनिक पसल र घरेलु तथा साना उद्योग बन्द भएका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस