ड्रग्स प्रकरणमा छोरा पक्राउ परेपछि शाहरुखको ब्राण्ड भ्यालुमा धक्का !

काठमाडौँ । बलिवुडका किङ खान शाहरुख खानका छोरा ड्रग्स प्रकरणमा पक्राउ परेपछि उनी संलग्न विज्ञापन रोकिएको छ । शाहरुखले पछिल्ला बर्षहरुमा गर्दै आएको शैक्षिक एप बायाजुको विज्ञापन रोकिएपछि उनको ब्राण्ड भ्यालुमा पनि धक्का लागेको छ ।

भारतीय मिडियाहरुले ड्रग्स प्रकरणमा आर्यन खान मुछिएपछि पिता शाहरुखको ब्राण्ड भ्यालुमा ठुलो असर गरेको टिप्पणी गरेका छन् । अहिले रोकिएको बायाजुको विज्ञापनसँग शाहरुख २०१७ देखि साथमा रहेका थिए । बायाजुले शाहरुखलाई बार्षिक करिब ४ करोड पारिश्रमिक दिने गरेको बताइएको छ ।

बलिवुडका किङ खान शाहरुखको अहिले ३८५ करोड भारतीय रुपैया बराबरको ब्राण्ड भ्यालु रहेको बताईन्छ । शाहरुख बयाजुका अलावा बिगबास्केट, हुन्डाई, फ्रुटी, डेकोर, फेयर एण्ड ह्यान्ड्सम, आइसीआइसी बैंक, फुड पेडा, रिलायन्स जियो, दुबई टुरिजम जस्ता ब्राण्डसँग आवद्ध रहेका छन् ।

अहिले शाहरुखको विज्ञापन बन्द गरेर चर्चामा रहेको बायाजु भारतको सबैभन्दा मुल्यवान स्टार्टअपको रुपमा रहेको छ । यसको अहिलेको मुल्य १८ अर्ब भारतीय रुपिया रहेको बताइन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस