बुद्धभूमि नेपालको आईपीओ बाँडफाँड

काठमाडौं  ।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको काठमाण्डौ सुन्धारास्थित कार्यालयमा आज बिहान ११ बजे एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो।

मागभन्दा बढी आवेदन परेको यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।

कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

क्यापिटलका अनुसार कुल २० लाख ३० हजार ९५५ आवेदकबाट २ करोड ४४ लाख ३७० कित्ता सेयर माग भएको थियो। जसमा २० लाख १४ हजार ९२२ आवेदकबाट परेको २ करोड ४२ लाख १ हजार ९३० कित्ता सदर भएको थियो भने १६ हजार ३३ आवेदकबाट परेको १ लाख ९८ हजार ४४० कित्ता बदर भएको छ।

गोलाप्रथाबाट ७४ हजार ४०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस