दशैं विशेषः शान्तिश्री र टीकाको ‘सलल झलल’ बजारमा (भिडियाेसहित)

बडा दशैँको आज पहिलो दिन घटस्थापना। हिन्दु धर्मावलम्बीले विशेषरुपले मनाउने यो चार्डको अवसर पारेर नयाँ गीत ‘सलल झलल’ सार्वजनिक भएको छ।

दशैँ र तिहार विशेष बनाएर गरिएको यो गीतमा टीका शिवाकोटी, शान्तिश्री परियार, तिलक बस्नेत र संगीता शिवाकोटीको स्वर रहेको छ। गीतमा तिलक बस्नेतको शब्द/संगीत रहेको छ।

सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरि, कृष्ण शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोमा विकास नेपालीको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस