सांग्रिला बैंकद्वारा १० प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले  आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र सो सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकको चुक्तापूँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँको १० प्रतिशतले हुन आउने  २७ करोड ३६ लाख ०७ हजार २४२ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ बराबरको नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको  वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस