डिशहोमकाे फाइबरनेट कलैया, लाहान, भैरहवा र टौदहमा

काठमाडाैं । डिशहोम फाइबरनेटले नेपालकाे ४ स्थानमा आफ्नाे सेवा विस्तार गरेकाे छ ।

कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माले कलैया, लाहान, भैरहवा र टौदहमा सेवा विस्तार गरेकाे जानकारी दिए ।

उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको थियाे ।

नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ ।

फाइबरनेटकाे सेवा छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि विस्तार गर्ने तयारीमा रहेकाे शर्माले जानकारी दिए ।

यस्तै डिशहोम फाईवरनेटले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन गरिरहेको छ ।

असोज ११ गते देखि लागु भएकाे यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ ।

लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस