यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश २ बाहेक अन्य सबै प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको हो ।

यस्तो छ तीन दिनको पूर्वानुमान 

सोमबार
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन,चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बान्की प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बान्की प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बान्की प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस