असोज २५ गतेदेखि सबै चलचित्र हल खुल्ने

कोरोना महामारीका कारण डेढ वर्षदेखि वन्द रहेको चलचित्र उद्योग पुनः असोज २५ गतेदेखि देशैभर सुरु हुने भएको छ। सरकारले एक महिना अघि भदौ १५ गते स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिएको थियो।

चलचित्र निर्माता सङ्घले पहिलो चरणमा नेपाली चलचित्र रिलिज गरेर असोज २५ गतेदेखि देशैभरका फिल्महल सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल चलचित्र सङ्घका अध्यक्ष मधुसूधन प्रधानले जानकारी दिए। हामी आइतबार थप बैठक बसेर नयाँ निर्णय गर्नेछाैं तर पहिलो चरणमा नेपाली चलचित्रबाट प्रदर्शन सुरु हुनेछ, उनले भने।

सरकारले एक महिनाअघि नै हल सञ्चालन गर्न अनुमति दिए पनि लामो समयदेखि बन्द रहेका हल थप व्यवस्थापन र सरसफाइ गर्नुपरेकाले एक महिना ढिलाइ भएको अध्यक्ष प्रधानले बताए।

कोरोना महामारीमा कम मात्रामा चलचित्र निर्माण भएकाले दर्शकको रोजाइ र उपस्थितिलाई हेरेर क्रमशः नेपाली चलचित्रहरु रिलिज गर्दै जाने उनले बताए। हल सञ्चालक, फिल्म वितरक, चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, र नेपाल चलचित्र कलाकार सङ्घले व्यवसायलाई रणनैतिक ढंगले अघि बढाउने विषयमा छलफल सुरु गरेको संघले जनाएको छ।

कोरोना महामारीले चलचित्र व्यवसाय प्रभावित बनेको छ। करोडौं रुपियाँ लगानीबाट निर्माण भएको चलचित्र रिलिज गरे पनि दर्शकको उपस्थिति नभए व्यवसायीलाई नोक्सान हुने भन्दै व्यवसायीहरुले दर्शकहरुमा स्वास्थ्यका दृष्टिले सुरक्षित र दर्शकको मनोवैज्ञानिक त्रास हटाउन योजनाबद्ध कार्यक्रम ल्याउने समेत तयारी थालेको जनाएको छ।

यता चलचित्र विकास बोर्डले भने रिलिज हुने चलचित्रलाई प्रतिगोटा पाँच लाखसम्म राहतस्वरुप सहयोग गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए। कोरोना महामारीका कारण देशभरका दुई सयभन्दा बढी हल पूर्णरुपमा बन्द रहेको सङ्घको भनाइ छ।गाेरखापत्रबाट

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस