साहस उर्जाको आईपीओ बाँडफाँड

काठमाडौं  । साहस उर्जा लिमिटेडको आईपीओ आज (आइतबार ) बाँडफाँड  गरेको छ।

गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको  र २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

एनआईबिएल एस क्यापिटलका अनुसार यो आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ आवेदन परेको थियो।

जसमध्ये २३ लाख ८३ हजार ४६० आवेदन सदर भएका छन्। सदर आवेदनमार्फत कुल ३ करोड १३ लाख ६१ हजार २३० कित्ता सेयर माग भएको छ।

कुल आवेदनमध्ये ११ हजार ९९६ आवेदन बदर भएको छ। यी आवेदनमार्फत १ लाख ७९ हजार ७७० कित्ता सेयर माग भएको थियो।

आवेदकमध्ये गोलाप्रथाबाट भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १७ लाख ३९ हजार ४६० आवेदकको हात खाली भएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस