साहित्यकार गणेश नेपालको ‘बाँच्नुको एउटा जीवन’ सार्वजनिक

साहित्यकार गणेशप्रसाद नेपालको ‘बाँच्नुको एउटा जीवन’ आत्मकथा कृतिको शनिबार झापाको चन्द्रगढीमा विमोचन गरिएको छ।

लेखनाथ पुस्तकालय, चन्द्रगढी र वर्तमान साहित्य प्रतिष्ठान, भद्र्रपुरद्वारा आयोजित एक कार्यक्रमबीच आख्यानकार पुण्यप्रसाद खरेलले कृतिको विमोचन गरे। कृति समीक्षा गर्दै प्रा. ताराराज पौडेलले लामो समय शिक्षण पेसामा बिताउनुभएका नेपालले साहित्यमा आफ्नो जीवनका भोगाइलाई सरल र सहज ढंगले उतारेको उल्लेख गरे।

त्यसैगरी, साहित्यकार भवानी क्षेत्रीले कृतिको बारेमा बोल्दै उक्त कृतिले लेखकको जीवनका आरोह–अवरोहका साथै त्यसबेलाको सामाजिक अवस्थालाई चित्रण गरेको विचार व्यक्त गरिन्।

साहित्यकार नवराज घिमिरेको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा प्रा. होम सुवेदी, कृष्ण सुवेदी निराकार र कृष्ण अनमोलले साहित्यकार नेपालको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस