कोरोनाले औसत आयु घट्यो !

काठमाडौँ । कोरोना भाइरसका कारण औसत आयु घटेको एक अनुसन्धानले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयको एक अनुसन्धानले कोरोना महामारीले मानिसको औसत आयु दुई बर्ष २ महिना घटेको देखिएको हो ।

खासगरी अमेरिकी पुरुषको आयु २ बर्ष २ महिना घटेको देखिएको छ । संक्रमणको असर महिलामा पनि परेको देखिएको छ । त्यस्तै अनुसन्धानमा बेलायतमा ४० बर्षमा दोस्रो पटक औसत आयु घटेको छ । बेलायतमा यस्तो अवस्था दोस्रो विश्वयुद्धको बेलमा पनि देखिएको थियो ।

त्यस्तै अनुसन्धानमा १५ देशका पुरुषको औसत आयु एक बर्ष भन्दा बढीले घटेको छ भने ११ देशका महिलाको औसत आयु एक बर्ष भन्दा बढीले घटेको छ । ब्रिटेनको द लेसेंट डिजिटल हेल्थमा प्रकाशित भएको एक रिपोर्टका अनुसार विश्वभर पुरुषहरुमा फरक फरक लक्षण देखिएको पनि उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस