मध्य भोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं।मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि बिक्री खुल्ला गरेको  आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले  साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानियमा विक्री गरेको आईपीओ आज  बाँडफाँट गरेको हो ।

आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ । १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरुमध्यबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

त्यस्तै आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकहरुमध्यबाट १० कित्तादेखि ४० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् । आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।   आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस