इसेवा मनि ट्रान्सफरको चाड पर्वको बहार, दिनदिनै उपहार’

काठमाडौं  ।इसेवा मनि ट्रान्सफरले नेपालीको महान चाड दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक गरेको छ।

यस योजनाअन्तर्गत इसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरुमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टीभी तथा बम्पर उपहारमा एक जनाले होन्डाको डियो स्कुटी जित्न सकिनेछ।

यस योजनामा सहभागी हुन विश्वभर रहेका २०० भन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ।

यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कमार्फत आन्तरिक रुपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ।

यस योजनामा ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टीभी र एकजना भाग्यशाली विजेताले बम्पर उपहारमा होन्डाको डियो स्कुटी जित्न सकिनेछ।

यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस