यती एअरलाईन्सको २३ वर्ष पूरा, कल सेन्टरको शुभारम्भ

काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो हवाई सञ्जाल भएको वायुसेवा कम्पनी यती एअरलाइन्स आजबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । यतिले २१ सेप्टेम्बर, १९९८ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रूपमा मनाउने गरेको छ ।

नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एअरलाइन्सले आफ्नो भगिनी संस्था तारा एअरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले जानकारी दिए ।

“यती एअरलाइन्स र तारा एअरका साहसी पाइलट एवं आत्मविश्वासी चालक दल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मठ कर्मचारी, साझेदार सङ्घसंस्थाहरूको लगन, मेहनत, इमानदारी तथा यात्रुहरूको विश्वासले यती एअरलाइन्सले  २३ वर्षे  पूरा  भएको  हो, यसका लागी हामी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर् दर्छौ”– सिइओ रिमालले भने,

२४ वर्षे यात्राससँगै यतीले जेटस्ट्रिम युगको पूर्ण रुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसँग रहेको ५ वटा विमान विक्री गरेको हो । यस्तै, विभिन्न जिल्लमा दुईलाख ७२ हजार ६०० वटा बिरुवा वृक्षारोपण गरिसकेको छ । वायुयानभित्र प्लास्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ ।

हवाई र पर्यटनमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि यतीको विशेष योगदान रहेको छ, विशेष गरी क्रिकेट, फुटबल र गल्फमा पनि यती एअरलाइन्सको प्रत्यक्ष योगदान रहेको छ ।

आगामी वर्षमा वायुयानको संख्या थप गर्ने, नयाँ गन्तव्यमा उडान थप गरी बजार हिस्सा बढाउने, थप रोजगारी सृजना गर्ने, चार्टर उडान मार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधिहरूलाई प्रयोगमा ल्याई हवाई सेवालाई परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुहरूलाई प्रत्यक्ष लाभ हुने सहुलियत अफरहरू ल्याउने तथा सामाजिक उत्तरदायित्वहरूलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाले बताए ।

यतीले हाल पाँच वटा एटिआर विमानमार्फत नेपालगन्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एअरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत दुर्गम हिमाली तथा पहाडी भागहरू लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला …

प्रतिकृया दिनुहॊस