ज्योतिनगरको पहिरो स्थानीय सरकारभन्दा बाहिर गयो : एमाले बुटवल

काठमाडाैँ । नेकपा एमाले बुटवल उपमहानगर कमिटिले ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रण र व्यवस्थापनमा चासो देखाउन संघ र प्रदेश सरकारसँग माग गरेको छ ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले बुटवल उपमहानगर कमिटिले पहिरोग्रस्त क्षेत्रको जोखिम स्थानीय सरकारको ग्रीपबाट बाहिर गएकोले संघ र प्रदेश सरकारले चासो देखाउनुपर्ने बताएको हो ।

“ज्योतिनगरको पहिरो स्थानीय सरकारको नियन्त्रण भन्दा बाहिर गयो, स्थानीय सरकारले मात्रै पहिरो नियन्त्रण गर्न र राहत दिन सक्दैन, संघ र प्रदेश सरकारको ध्यान जानुपर्छ, यसको व्यवस्थापनमा अर्बौ रकम खर्च हुने अवस्था आईसकेको छ।”-बुटवल उपमहानगर कमिटिका अध्यक्ष बाबुराम पन्थीले भने-बुटवलमा एमाले नेतृत्वको सरकार छ, स्थानीय सरकार गम्भीर छ, पार्टी पनि गम्भीर छ, हामी स्वयम्सेवक परिचालन गर्न तयार छौ ।”

संघ र प्रदेश सरकारका योजनामा समेत बुटवल उपमहानगरको आलोचना हुने गरेकोमा असन्तुष्टि जनाउँदै उनले भने-“जुन सरकार अन्तरगतका योजना हुन्, ती सरकारलाई नै जवाफदेही बनाउनु जरूरी छ, यसमा मिडियाले समेत गम्भीर चासो देओस् ।”

उनले सोमबार ज्योतिनगर पहिरोले क्षति नपुराओस् भनेर सावधानी अपनाउन र सुरक्षित बनाउन अवलोकन गर्न गएको बुटवल उपमहानगरपालिका प्रमुखसहितमाथि भएको आक्रमणको आलोचना गरे । उनले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा नचलाउने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाहिरियो एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

काठमाडौं । सिरहामा एसईई परीक्षाअन्तर्गत नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । आज (शुक्रबार) परीक्षा …

प्रतिकृया दिनुहॊस