अदालत परिसरमै दुई समूहबीच गोली हानाहान: नौंको मृत्यु, २० जना घाइते

एजेन्सी । पाकिस्तानको एक अदालत परिसरमा दुई समूहबीचको गोली हानाहान हुँदा ९ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तर पश्चिमस्थित दीर जिल्लामा रहेको एक जनजाति अदालतमा भएको घटनामा २० जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जग्गाको बिषयमा भएको बिबाद समाधानका लागि अदालत पुगेका दुबै समूहबीच गोली हानाहान भएको बुझिएको छ ।

घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाकिस्तानमा बर्षेनी जग्गा बिबादका कारण हुने झडपमा कयौंको ज्यान जाने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस