‘मिसेस नेपाल वर्ल्ड’ आयोजनाकाे तयारी

बिबाहित महिलाकाबीच आयोजना गरिँदै आएको मिसेस नेपाल इन्टरनेसनलको आयोजक संस्थाले अब मिसेस नेपाल वर्ल्ड आयोजना गर्ने भएको छ।

विभिन्न वर्ग र उमेरका प्रतिभाशाली व्यक्तिहरुको व्यत्तित्व र क्षमता बृद्धिका लागि विभिन्न प्रतिभामुलक स्पर्धा तथा सौन्दर्य प्रतियोगिता गर्दै आएको रिबन इन्टरटेनमेन्टले सो प्रतियोगिताका विजेतालाई अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएसँगै अब मिसेस नेपाल वर्ल्ड आयोजना हुने भएको हो।

रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासँगै यस वर्षबाट यसका बिजेताले सन् २०२२ को जनवरीमा लस भेगासमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। उनका अनुसार मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगीत हुन पुगेको थियो भने यस वर्षदेखि परिमार्जित रुपमा यसलाई अगाडि बढाइनेछ।

यससँगसँगै यस वर्षदेखि रिवन इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रममा एकै मञ्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एमएस नेपाल इन्टरनेश्नल गरी तीन बिजेताको छनोट गर्नेछ। यस वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरि सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन्।

यी प्रतियोगितामा बिगतका वर्षमा झैँ यसपटक पनि महिला सशक्तिकरणका लागि सामाजिक मुद्दा उठाइनेछ भने विजेताले वर्षभरी उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने प्रावधान राखिएको छ। यस वर्षलाई क्यान्सरविरुद्धको जनचेतना अभियानलाई वर्षको मुद्दा बनाइएको छ।

यस अघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले उपाधी जितेका थिए। मिसेस इन्टरनेसनलमा यस अघि नेपालबाट सुरुचि पाण्डे, एलाईजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधीहरु जिती नेपाल र नेपालीको प्रतिष्ठा बढाएका थिए।

मिसेस नेपाल इन्टरनेसनल २०१८ कि विजेता चन्दा थापा गिरीले मिसेस इन्टरनेसनलमा मिसेस एशिया प्यासिफिक २०१८ को ताज जित्न सफल भएकी थिइन्। त्यसैगरि एमएस इन्टरनेसनलमा नेपालकातर्फबाट संगीता बस्यालले सहभागिता जनाएकी थिइन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस